Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । 

आज बसेको बैठक विपक्षी दलले अवरोध गरेपछि ४ बजे बस्ने गरेर स्थगित गरेपनि सहमति जुटाउन कुनै छलफल नभएकाले सभामुख ओनसरी घर्ती मगरले सूचना टाँसेर बैठक मंगलबार दिउँसो १ बजेसम्का लागि स्थगित गर्नुभएको हो ।

सभामुख घर्ती मगरले मंगलबार संसद बस्नुअघि ११ बजे बस्ने कार्यव्यवस्था समिति बैठकमा उपस्थिति हुन शीर्ष नेतालाई आग्रह पनि गर्नुभएको छ । सत्तारुढ दलले संविधान संशोधन विधेयक अघि बढाउन आग्रह गरेपनि एमालेले भने विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान राखेको थियो ।

तपाईको प्रतिक्रिया