Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

भक्तपुर – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दलले व्यवस्थापिका–संसदमा  पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताउनुभएको छ ।

संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा आज एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राष्ट्रलाई विखण्डन गराउने गरी कुनै पनि संशोधन हुन नसक्ने बताउनुभयो ।

नेपालको संविधान लोकतान्त्रिक चरित्रको भएपनि यसमा रहेका कतिपय कमजोरी क्रमशः सुधार गर्नुपर्ने तर हाललाई गतिशील दस्तावेजका रुपमा यसको कार्यान्वयनमा जानुको विकल्प नभएको उहाँले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया