Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संविधान संशोधन गरेर अगाडि बढ्नु नै देश र जनताप्रति उत्तम विकल्प भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक अन्तक्र्रियामा बोल्दै डा कोइरालाले सबै दलको सहमतिमा संविधान संशोधन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको हो ।

हतारमा संविधान घोषणा हुँदा मुलुकमा समस्या उत्पन्न भएको भन्दै सबै राजनीतिक दललाई मिलाएर अगाडि बढेमात्र मुलुकले निकास पाउने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया