Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायूको प्रभावका कारण देशभर चिसो बढेको छ । सोमबार पनि पश्चिम र पूर्वी पहाडी जिल्लामा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।

शनिबार र आइतबारको हिमपातका कारण पहाड  र हिमालीक्षेत्रको जनजीवन प्रभावित भएको छ । उत्तरी धादिङको विभिन्न क्षेत्रमा असिना पानी परेको छ भने केही भागमा हिउँ परेको छ । दार्खा, झार्लाङ, सत्यदेबी, रि सेमजोङ गाविसमा असिनापानी परेका कारण जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा जोमसोममा ९ मिलिमिटर पानी परेको छ । जिरी र काठमाडौंमा हल्का पानी परेको छ ।

तपाईको प्रतिक्रिया