Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि सात पटक अवरुद्ध र तीन पटक स्थगीत भइसकेको संसद वैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ ।

सत्तापक्षले आजको संसद वैठकमा प्रतिपक्षी दलहरुको असहमतिकै बीच संशोधन प्रस्तावलाई टेबुल गर्ने तयारी गरेको छ भने प्रतिपक्षी दलहरुले संसद अवरोधलाई कायम राख्ने जनाउ दिएका छन् । पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षी दलबीच टकराव बढिरहेका बेला आज बस्ने संसद वैठकलाई चासोपूर्वक हेरिएको छ ।

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुले निरन्तर संसदमा अवरोध गरिरहेका छन् ।

सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म वा स्थगीत गरेर निर्वाचनसम्बन्धी विधेयकलाई अघि नबढाएसम्म संसद वैठक चल्न नदिने प्रतिपक्षी दलहरुको अडान छ । सरकारले भने संविधान संशोधन र निर्वाचन सम्बन्धी विधेयकलाई सँगैसँगै अघि बढाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया