Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न गतिरोध अन्त्यका लागि तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल हुने भनिएपनि समय भने तय भएको छैन ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक बस्नुअघि नै शीर्ष नेताको बैठक बस्ने तयारी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

आइतबार एमाले र माओवादी केन्द्रबिच भएको छलफलमा आउँदो मंसिरसम्ममा तीनवटै चुनाव सक्नेगरि अघि बढ्ने मोटामोटी सहमति भएपछि त्यसलाई थप छलफल गरि टुंग्याउन सोमबार शीर्ष नेताको बैठक बस्ने तय भएको नेताहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया