Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

भीमदत्तनगर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी वैशाख अन्तिम सातासम्म भएपनि स्थानीय तहको निर्वाचन गर्न सरकारसँग माग गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित सुदूरपश्चिमान्चल स्तरीय आमसभालाई सम्बोधन गर्दै उहाँले तत्काल निर्वाचनको मिति घोषणा गर्नसमेत माग गर्नुभयो । आगामी २०७४ माघ ७ गतेसम्म तीनवटै स्थानीय तहको निर्वाचन नभए मुलुक फेरि अराजकताको दलदलमा फस्ने खतरा रहेको औँल्याउँदै थापाले निर्धारित समयमा निर्वाचन नगराए ठूला राजनीतिक दलहरुलाई जनताले सडकबाट खबरदारी गर्ने धारणा राख्नुभयो ।

दुई राप्रपा पार्टीको एकीकरणलाई परिस्थितिजन्य बाध्यता हो भन्दै अध्यक्ष थापाले परिवर्तन संस्थागत गर्ने नाउँमा जनताको अभिमतबिना हिन्दू राष्ट्रको पहिचान समाप्त पारिएको आरोप लगाउनुभयो । आमसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले राष्ट्रियता कमजोर भएकै कारण मुलुक तनावमा रहेको बताउनुभयो । “मुलुक दिशाविहीन अवस्थामा भौँतारिएको छ”–उहाँले भन्नुभयो, “वर्तमान अवस्थामा राष्ट्रवादी शक्तिको आवश्यकता छ ।”

मुलुकले गुमाएको हिन्दू पहिचान संविधानमा पुनःस्थापना हुनुपर्नेमा उहाँको जोड थियो । वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले पाँच विकास क्षेत्रलाई पाँचवटा प्रान्त बनाइनुपर्ने बताउनुभयो । पाँच प्रान्त बनाउँदा उत्तरमा चीन र दक्षिणमा भारतसँग सम्बन्ध हुने भन्दै उहाँले विकासको तीव्रगतिमा रहेका दुई राष्ट्रलाई जोड्ने गरी सङ्घीय संरचना बनाउँदा नै हित हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया