Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

जनकपुर – जनकपुरमा सडक छेउको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर क्षिरेश्वर नगरपालिका-८ हरैयाका ४० वर्षका जितेन्द्र यादवको ज्यान गएको छ ।

शनिबार राति १ बजेतिर ज ७ प ३८४५ नम्बरको मोटरसाइकलमा जनकपुरबाट घर जानलागेको बेला जनकपुरको पिडारीचोक नजिक सडक छेउको खम्बामा ठोक्किएर उनको घटनास्थलमै ज्यान गएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।

शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया