Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – टर्कीको इस्तानबुलस्थित एक रात्री क्लब आतंकवादी आक्रमण हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेना रात्री क्लबमा प्रवेश गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

४० जना भन्दा धेरै घाइते भएका छन् । सरकारले आतंककारी आक्रमण भएको जनाएको छ । मृत्यु हुनेमा एक जना प्रहरी अधिकारीसमेत रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणपछि आक्रमणकारीले सिरियाको एलेप्पोमा भएको आक्रमणमा रसियाको संलग्नता रहेकाले बदला लिएको भन्दै कराएको बताइएको छ । क्लबभित्र अन्धाधुन्ध गोली चलेपछि भागदौड मच्चिएको थियो ।

टर्कीमा आतंकवादी हमला हुन सक्ने आशंकामा १७ हजार सुरक्षाकर्मी परिचालन गरिएकै बेला यो घटना भएको हो । अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । योसँगै सन् २०१६ मा टर्कीमा मात्रै ७ वटा आक्रमण भएका छन् । यसअघि डिसेम्बर १० मा इस्तानबुलको फुटबल रंगशालामा भएको आक्रमणमा परी ४४ जनाको मृत्यु भएको थियो ।–एजेन्सी

तपाईको प्रतिक्रिया