Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव अघि बढाएपछि मात्र चुनावको मिति घोषणा गर्ने सहमति भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र मोर्चाका नेताबीच भएको भेटमा संविधान संशोधनपछि तीन वटै तहको निर्वाचन गर्ने सहमति भएको हो । 

छलफलपछि सरकार र मोर्चाबीच संविधान संशोधन प्रस्ताव अघि बढाएपछि मात्र चुनावको मिति घोषणा गर्ने सहमति भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री दाहाल, मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया