Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भइरहेको बालुवाटार निकट स्रोतले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहाल, मधेसी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी हुनुहुन्छ । प्रमुख तीन दलले संविधान संशोधन प्रस्तावलाई थाती राखेर निर्वाचनमा जाने वताएपछि मोर्चा लचिलो भएको हो ।

सत्तारुढ दलले आउँदो सोमबारदेखि विपक्षी दलको अबरोध कायमै रहेपनि संसदमा संधिवान संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया