Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं –सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार धरानमा आयोजित समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद समितिका अध्यक्ष भिम ओलीलाई आठौं खेलकुदको झण्डा हस्तान्तरण गर्नुभयो । 

पुस ८ गते विराटनगरमा उद्घाटन भएको सातौं राष्ट्रिय खेलकुद शुक्रबार धरानमा औपचारिक रुपमा समापन भएको हो। प्रतियोगितामा कुल ९ सय २० पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले १ सय १३ स्वर्णसहित कुल २ सय २५ पदक जितेर यस बृहद खेलकुदमा शिर्ष स्थान हासिल गर्‍यो ।

५० स्वर्ण जितेको एपीएफ पदकतालिको दोस्रो र अर्को विभागिय टिम पुलिस ४० स्वर्णसहित तेस्रो स्थानमा आए । यसअघि छैटौ राष्ट्रिय खेलकुदमा शीर्ष स्थान हासिल गरेको मध्यमाञ्चल यसपटक चौथो स्थानमै सिमित भयो ।

तपाईको प्रतिक्रिया