Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – जापानमा नेपाली भाषी इसाइ तथा गैर इसाइहरु मिलेर ख्रिष्टमस मनाएका छन् । नेपाली इसाइ एकता समाज जापानको आयोजनामा डिसेम्बर २५ का दिन जापानको टोकियो स्थित ओ ताकु, कामातामा प्रभु येसु ख्रिस्टको जन्मोत्सव हर्षोल्लासका साथ मनाइएको हो । पास्टर किरण मगरको प्रार्थानाबाट सुरु गरिएको कार्यक्रममा सम्पूर्ण उपस्थितजनहरु उठेर राष्ट्रिय गान गाईएको थियो । करिब १ सय ५० जनाको उपस्थिति रहेको उक्त ख्रिस्टमस कार्यक्रममा जापानको तोचिकी केन, गुम्बा केन, चिवा केन, क्योटो, खानागावा केन, टोक्यो लगायतका क्षेत्रमा बसोबास गर्दै उत्साह नेपाली चर्च, योहान चर्च (सिनोउवकोबु) वप्तिस चर्च लगायतमा सेवा संगती गर्दै आएका विश्वासीहरुको उपस्थिति रहेको थियो ।

जापानमा नेपाली भाषी इसाइहरु बिच भएको यो पहिलो ख्रिस्टमस कार्यक्रम भएको आयोजकले दाबी गरेको छ । कार्यक्रममा सुसमाचारीय भजन, कोरस, उत्साह मंडलीबाट दिदीबहिनी जापान–२ नृत्य तथा केही आगंतुक (पाहुना) बाट पनि परमेश्वरको महिमाको निम्ति भजनहरू प्रस्तुत गरेका थिए । उत्साह नेपाली चर्च टोक्योका पास्टर तथा एकता समाजका अध्यक्ष किरण खपाङ्गी मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सञ्चालन किरण राई, नन्द गुरुङ, सुर्य राइ र सन्देश श्रेष्ठले गर्नुभएको थियो भने एकता समाजका सल्लाहकार सुर्य राइले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया