Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – मेची राजमार्ग अन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिंच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुक्रबार बेलुका बसको ठक्करबाट घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नंम्बरको बसले कोल्बुङ, सानो पाथीभरा नजिकै सेल्फी खिंच्दै गरेका पाँचथरका सम्बाहाम्फेलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।

घटनामा २५ वर्षे रोशन कन्दङ्वा गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ । झापाबाट पाँचथरतर्फ मे ६ प २४१ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडक पेटीमा मोटरसाइकल रोकेर कोल्वुङमा सेल्फी खिंच्दाखिंच्दै बसले ठक्कर दिएको थियो ।

तपाईको प्रतिक्रिया