Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सन् २०१६ लिप इयर भएकाले सामान्य वर्षभन्दा अलि भिन्न छ । सामान्य वर्षमा ३ सय ६५ दिन हुने भएपनि सन् २०१६ लिप इयर भएकाले १ दिन थप भएर ३ सय ६६ दिन छ ।

यस्तै यो वर्षको अन्तिम समयमा हाम्रो घडिमा थप १ सेकेन्ड पनि जोडिने भएको छ । डिसेम्बर ३१ तारिखको रातको १२ बजेर ५९ मिनेट ५९ सेकेन्ड र सन् २०१७ को जनवरी १ तारिखको बिहानको १ बजेको बिचमा १ सेकेन्ड थपिन लागेको हो । त्यसैले सन् २०१६ एक सेकेन्ड लामो हुनेछ ।

किन थपिन्छ लिप सेकेन्ड ?

पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने समय अनुसार युनिभर्सल टाइम युटिसी अर्थात विश्वभरि मान्यता दिइने समय मिलाउन लिप सेकेन्ड अर्थात एक सेकेन्ड थप गरिन्छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने समय फरक फरक हुने हुँदा यसको सामन्जस्यता मिलाउन लिप सेकेन्ड थप्ने गरिएको हो ।

सन् १९७२ मा लिप सेकेन्ड थपिनुअघि युटिसी १० सेकेन्डले ढिला थियो । त्यसयता २६ सेकेन्ड समय थप गरिसकिएको छ । तर यसको मतलब आजको दिन १९७२ सालको भन्दा २६ सेकेन्ड लामो भने होइन ।

लिप इयरमा एक दिन बढी भएजस्तै लिप सेकेन्ड थपिने वर्षमा समय १ सेकेन्ड बढी हुने मात्रै हो । यसअघि सन् २०१५ को जुन ३० तारिखमा लिप सेकेन्ड थप गरिएको थियो । युटिसीमा लिप सेकेन्ड थप्नुपरे इन्टर नेशनल अर्थ रोटेसन एण्ड रेफरेन्स सिस्टम्स सर्भिसले ६ महिना अघि निर्णय लिने गर्दछ ।

तपाईको प्रतिक्रिया