काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हराएको छ । नेपालकी सपना लामाले खेलको ८७ औँ मिनेटमा गोल गर्नुभयो ।
जितसँगै नेपाल समूह विजेता बनेको छ । शुक्रबारको खेलअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले समूह चरणका सबै खेल जितेको छ । आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।
माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो ।