Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

बेनी – पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनामा गैरआवासीय नेपालीको लगानी र निर्माणकार्यमा देखिएका समस्याका बारेमा बिहिबार एक टोलीले उर्जामन्त्री जर्नादन शर्मालाई भेटेका छन् ।
विद्युत खरिद विक्री सम्झौता (पिपिए) भएको लामो समय वितिसक्दा समेत आयोजनाका बारेमा देखिएका समस्या तथा आगामी योजनाहरू संगै गैरआवासीय नेपालीहरुको लगानीको सुरक्षा लगाएतका विषयमा तयार पारिएको प्रतिवेदन मोना आइसीका बरिष्ठ उपाध्यक्ष विनोद कुँवर र धौलागिरि कालिका हाइड्रो सरोकार समितिका संयोजक चित्रबहादुर पुनले बुझाएका छन् ।

‘जलविद्युतको क्षेत्रमा उर्जामन्त्रीले गरिरहेका प्रयासबाट हामी उत्साहित छौं । जिल्लामा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनालाई सहज सञ्चालनको वातावरण बनाउन समेत अनुरोध गरेका छौं – कुँवरले समुद्रपारिलाई भने । उनका अनुसार मन्त्री शर्माले जलविद्युतलाई प्रक्रियामा लैजान आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।जलविद्युतको प्रचुर सम्भावना रहेको पश्चिम म्याग्दीको विकासमा दरबाङ– म्याग्दीखोला जलविद्युत आयोजना प्रवेशद्धार भएकाले निर्माणको क्रममा देखिएका जटिलतालाई समेत फुकाउने गरी गृहकार्य भइरहेको छ ।

विगतमा देखिएका समस्याहरु समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका एनआरएन कोरियाका पूर्व अध्यक्ष समेत रहेका कुँवरकाले जलविद्युतमा जनताको लगानीलाई सुरक्षित गर्न सरकारले दिएको प्राथमिकतालाई कार्यान्वयन गरी गैरआवासीयको लगानीको सुरक्षाको ग्यारेन्टी भएमा देशको उर्जा संकट समाधान नजिक रहेको समेत बताए । जिल्लाकै दोस्रो ब्यापारिक केन्द्र दरबाङ नजिक रहेको आयोजनको प्रारम्भिक निर्माणका लागि आवश्यक पर्ने सडक, ब्रिज लगाएतका पूर्वाधार भएकाले पनि कम लागतमा समयमै सम्पन्न गर्न सकिने प्राविधिक प्रतिवेदनमा समेत उल्लेख छ ।***

तपाईको प्रतिक्रिया