Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – हरेक बर्ष नयाँ बर्षको उपलक्ष्यमा जापानी सम्राटद्वारा हुने गरेको सम्बोधन आउने वर्षदेखि नहुने भएको छ । उक्त कुरा दरबार स्रोतको तर्फबाट एक पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । यहि डिसेम्बर २३ तारिखका दिन ८३ बर्ष पूरा गरेका सम्राटको कार्य बोझ कम गर्ने उद्देश्यका साथ संबोधन नगर्ने निर्णय गरिएको जनाकारी दिईएको हो ।

सम्राटले हरेक बर्ष प्रत्यक्ष रुपमा जनताको लागि नयाँ बर्षको सम्बोधन लिखितरुपमा तयार पारी पढ्ने गरेका थिए ।जन्मदिन देखि नयाँ बर्षको बिचमा सम्राटको लगातार कार्यक्रमहरु पर्ने भएकोले बृद्धावस्थामा पुगिसकेका सम्राटलाई मानसिक तथा शारीरिक रुपमा पनि गाह्रो पर्ने भएकोले क्रमशः यस किसिमको कामहरु घटाउँदै लाने दरबार स्रोतले जनाएको छ ।

सम्राटकै स्वीकृतीमा यसो गरिएको पनि बताईएको छ । जापानी सम्राटले आफ्नो जीवनकालमै आफ्नो कार्यभार छोरालाई हस्तान्तरण गर्न चाहेको बिषयमा भने अझै पनि बहस चलिरहेको छ । अहिलेसम्म त्यस्तो ब्यवस्था नभएकोले संबिधानमै परिवर्तन गरी ब्यवस्था गर्नुपर्ने हुनाले संसदमा त्यसबारे बहस चलिरहेको हो । जापानी नागरिकहरु आफ्ना सम्राटलाई अत्यन्तै सम्मान गर्ने गर्दछन् ।***

तपाईको प्रतिक्रिया