Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – प्रमुख तीन राजनीतिक दलहरु चुनावमा जान तयार भएकै बेला उता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भने आन्दोलनको तयारीमा जुटेको छ । मोर्चाले अबको एक दुई दिनमा खबरदारी सभा गर्ने तयारी गरिरहेको छ ।

मोर्चाले अब निर्णयक आन्दोलनमा जाने निष्कर्ष निकालेको स्रोतले जनाएको छ । तीन दलले मिलेर यस्तै बेइमानी गर्दै गयो भने सविधानलाई नै अस्वीकार गर्ने अवस्था आउन सक्ने र यो नयाँ संबिधानलाई खारेज गरी अर्को नयाँ सविधान लेखनको कुरा पनि उठ्न सक्ने मोर्चाले जनाएको छ ।

बिहीबार तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यालयमा बसेको मोर्चाको बैठकमा बोल्ने नेताहरुले जवर्जस्ती चुनाव गराउन लागेको भन्दै अब यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए ।

अरु दिनको तुलनामा उक्त बैठकमा नेताहरु तीन दलको क्रियाकलाप प्रति आक्रमक र निराश दुवै थिए । बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलका कारण अवस्था जटिल बन्दै गएको भन्दै अब संघर्षका कार्यक्रमहरु तय गर्न प्रस्ताव गरेका थिए । एमालेको कारण अवस्था झन जटिल बन्दै गएका धारणा राख्दै उनले एमालेको बारेमा विशेष रुपले सोच्नुपर्ने अवस्था आएको बताए ।***

तपाईको प्रतिक्रिया