Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८७ बर्षको उमेरमा आज बिहान भएको निधनप्रति नेकपा एमालेले गहिरो दुःख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

पार्टीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित शोक बक्तब्यमा साहित्यकार दीक्षितको निधनबाट नेकपा एमाले अत्यन्त दुःखित भएको उल्लेख छ ।

बक्तब्यमा भनिएको छ – झण्डै ७५ वटा पुस्तकको सिर्जना र सम्पादन गर्नुभएका वरिष्ठ साहित्यकार दीक्षितले नेपाली साहित्य र सँस्कृतिको अनुसन्धान-अन्वेषणमा समेत ठूलो योगदान पुर्‍याउनुभएको छ । उहांले स्थापना र नेतृत्व गर्नुभएको मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालय नेपाली साहित्यका प्रतिष्ठित संस्थाका रुपमा स्थापित छन् । नेपाली भाषाको सेवा र विकासमा उहांले खेल्नुभएको भूमिका नेपाली समाजमा अविस्मरणीय रहने छ ।

यस दुःखद घडीमा नेकपा एमालेका तर्फबाट स्व. कमलमणि दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं – शोक बक्तब्यमा भनिएको छ । ***

तपाईको प्रतिक्रिया