Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सरकारले भूकम्प प्रभावित जिल्लामा पुर्ननिर्माणका लागि खटिएका इन्जिनियर तथा प्राविधिकहरुलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सदरमुकाममा खटिनेलाई ५० प्रतिशत र सदरमुकाम बाहिर ग्रामीण क्षेत्रमा खटिनेलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

यसअघि तलव सुविधा कम भएको भन्दै पुर्ननिर्माणका लागि विभिन्न जिल्लामा खटिएका इन्जिनियर तथा प्राविधिकले सामूहिक राजीनामा दिएका थिए । यसअघि बसेको पुर्ननिर्माण प्राधिकरणको निर्देशक समतिको बैठकले भत्ता वृद्धि गर्ने निर्णय गरेपछि राजिनामा दिएका प्राविधिक काममा फर्किसकेका छन् । समितिको निर्णयलाइ मन्त्रीपरिषदले आज अनुमोदन गरेको हो । 

यसैगरी बैठकले भूकम्पबाट क्षति भएको माथिल्लो त्रिशुली आयोजनाको पुर्ननिर्माण र सरसफाई गर्न ६१ करोड १८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बैठकले एसियाली विकास बैंकले प्राविधिक शिक्षामा खर्च गर्न दिने भनिएको २ अर्ब १२ करोड रुपैयाँ सहयोग स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली सेनाका प्रमुख सेनानी रविन्द्र केसीलाई महासेनानीमा बढुवा गरेको छ भने प्रेस काउन्सिलको रिक्त सदस्यमा नवलकिशोर यादव र संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया