Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – लुम्बिनी विकास कोषमा कार्यरत कर्मचारीको आन्दोलन र कोष पदाधिकारीको गैर जिम्मेवारपनका कारण विश्व शान्तिको केन्द्र लुम्बिनी अहिले अस्तव्यस्त छ ।

लुम्बिनीलाई पवित्र र शान्ति क्षेत्रको रुपमा परिभाषित गर्ने गरिए पनि कोषमा कार्यरत पदाधिकारी र कर्मचारीको मनपरीतन्त्रका कारण समय–समयमा लुम्बिनीमा अशान्ति मच्चिने गरेको हो । विश्वलाई शान्तिको सन्देश दिने लुम्बिनीले आफूले भने शान्तिको सास फेर्न नपाएको धेरैले महसुस गरेका छन । पदाधिकारी र कर्मचारीहरूको आ–आफ्नै स्वार्थका कारण लुम्बिनीले आशातित फड्को मार्न सकिरहेको छैन । कोषका कर्मचारी रविन्द्रनाथ शुक्ल करार तथा ज्यालादारी कर्मचारीको अगुवाइमा आमरण अनशनमा बसेको १० दिन वढी भैसकेको छ । 

पुसको चिसो ठण्डीमा आमरण अनशनमा बसेको १० दिन बितिसक्दा सम्म पनि कर्मचारीले गरेको आन्दोलनलाई रोक्नेतर्फ कोष प्रशासन र सम्बन्धित निकायको पर्याप्त ध्यान पुग्न सकेको छैन । विश्व शान्तिको केन्द्र मानिने लुम्बिनीमा पदाधिकारीले कर्मचारीका मागलाई सम्बोधन गर्न नसक्दा उत्पन्न द्वन्द्वले लुम्बिनीको समग्र गतिविधि प्रभावित बनाएको लुम्बिनी विकास सरोकार मञ्चका अध्यक्ष श्रीराम यादवले बताउनुभयो । विगत लामो समयदेखि विभिन्न ५ सूत्रीय माग राख्दै आन्दोलनमा होमिएका कर्मचारीका समस्या समाधानमा व्यवस्थापकीय पक्ष गैरजिम्मेवार बनिदिँदा लुम्बिनीको समग्र विकासलाई समेत प्रभावित बनाएको उहाँको जिकिर छ । विश्व शान्तिको आस्था केन्द्र लुम्बिनीमा कर्मचारीले आफ्नै पदाधिकारीविरुद्ध आमरण अनशन जस्तो अन्तिम विकल्पको आन्दोलन थालेका छन् ।

यस्तो स्थितिमा समस्याको तत्काल सम्बोधन हुनुपर्ने र जिम्मेवार पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने लुम्बिनी धर्मोदय उपसमितिका सदस्य एवम् स्थानीय समाजसेवी मनमोहन चौधरीको भनाइ छ । विगत लामो समयदेखि विभिन्न ५ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीका कारण विकास कोषको काम प्रभावित बनेको छ । कोषमा कार्यरत स्थायी कर्मचारीले पनि आफ्ना सम्पूर्ण काम ठप्प पार्दै व्यवस्थापनविरुद्ध असहयोग आन्दोलन गरिरहेका छन् ।

कर्मचारीलेहरूले हाजिर गरेर असहयोग आन्दोलन गरेका कारण कोषमा हुने सम्पूर्ण काम प्रभावित भएको हो । आमरण अनशनमा बसेका कर्मचारी शुक्लाले आफूहरूले राखेका मागको सम्बोधन नहुँदासम्म आफूले सुरु गरेको आमरण अनशन कुनै पनि हालतमा नरोकिने बताउँदै आउनुभएको छ । यता, लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले भने लुम्बिनी विकास कोषमा कर्मचारीहरूले गरेको आन्दोलनबाट समस्याको समाधान ननिस्कने उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया