Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विभागीय टोली नेपाल आर्मी अग्रज स्थानमा रहेको छ ।

जारी प्रतियोगितामा आर्मीले ९१ स्वर्ण, ५१ रजत तथा २१ कास्य गरेर कुल १ सय ६५ वटा पदक हात पारेको छ भने सशस्त्र प्रहरी ३२ स्वर्ण, २७ रजत र ४८ कास्यसहित १०७ पदकका साथ दोश्रो स्थानमा छ । मध्यमाञ्चल २१ स्वर्ण, ३९ रजत र ४६ कास्यसहित १०६ पदक जितेर तेश्रो स्थानमा छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, २९ रजत र ३६ कास्यसहित ९२ पदकका साथ चौथो स्थानमा छ । 

सुदूरपश्चिमले ३ वटा स्वर्ण १० रजत र ५० कास्य जितेको छ । मध्यपश्चिम ७ स्वर्ण, १३ रजत र ३७ कास्य जितेको छ । पूर्वाञ्चलले हालसम्म ६ स्वर्ण, ११ रजत र ४० कस्य पदक जितेको छ । पश्चिमाञ्चलले ५ स्वर्ण, १८ रजत र ३० कास्य जितेको छ ।

अहिलेसम्म १ सय ९८ स्वर्ण, १ सय ९८ रजत र ३ सय २८ कास्य पदक गरी कूल ७ सय २४ पदकको छिनोफानो भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचार प्रचार उपसमितिका सदस्य दामोदर आचार्यले जानकारी दिए । खेलकुद प्रतियोगिता पूर्वाञ्चलका विभिन्न स्थानमा जारी छ ।

तपाईको प्रतिक्रिया