Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन भएको छ । ८६ वर्षको उमेरमा बिहीबार बिहान आफ्नै निवास ललितपुरको पाटनढोकामा उहाँको निधन भएको हो । 

वि.सं. १९८६ साल भदौ कुशे औंसीका दिन काठमाडौंको गौरीधारामा जन्मनुभएको थियो । उहाँ वरिष्ठ पत्रकार कुन्द र कनकमणि दीक्षितका पिता हुनुहुन्छ । श्वासप्रश्वासको समस्याबाट पीडित उहाँले ललितपुरको बीएन्डबी अस्पतालमा उपचार गराइरहनुभएको थियो ।

दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । विभिन्न संघसंस्थामा आबद्ध रहनुभएका दीक्षित मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले विभिन्न पत्रपत्रिकाको सम्पादन पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया