Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – मानवअधिकार तथा शान्ति समाजले लामो समयदेखि अवरूद्ध व्यवस्थापिका– संसद् सुचारु गर्ने कार्यमा सहयोग गर्न नेकपा (एमाले) नेतृत्वलाई आग्रह गरेको छ ।

“कुनै बेला नेपाली काँग्रेसले, कुनै बेला (माओवादी केन्द्र)ले यस पटक (एमाले) को अगुवाइमा भइरहेको संसद् अवरुद्ध गर्ने कार्यको शान्ति समाज विरोध गर्दछ, समाजद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ – संसद् सुचारु गर्नेकार्यमा सहयोग गर्न एमाले नेतृत्वलाई विनम्रतापूर्वक आग्रह गर्दछ”

२०६४ सालमा संविधान सभाको निर्वाचन भएपछि संविधान सभा÷संसद्लाई पटक÷पटक अवरुद्ध गर्ने काम हुँदैँ आए पनि समाजले पटक÷पटक त्यसको विरोध गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

“जनताबाट निर्वाचित संसद् भनेको लोकतन्त्रको मेरुदण्ड हो, समस्याको शान्तिपूर्ण तवरले समाधान गर्ने र निकास दिने थलो पनि संसद् नै हो, त्यसैले संसद्को भूमिका सदैव प्रभावकारी हुनुपर्छ, जनताद्वारा निर्वाचित सार्वभौम संसद् कहिल्यै पनि कसैले पनि अवरुद्ध गर्नु हुदैँन”–विज्ञप्तिमा भनिएको छ

तपाईको प्रतिक्रिया