Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

सुनसरी  – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बास्केटबलमा विभागीय टोली नेपाल आर्मीले स्वर्ण पदक जितेको छ ।

धरान-१८ स्थित डिपो उच्च माध्यमिक विद्यालयको बास्केटबल कोर्टमा बुधबार सम्पन्न फाइलन खेलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० को अन्तरले पराजित गर्दै स्वर्ण जितेको हो ।

यस्तै कास्य पदक पश्चिमाञ्चलले जित्यो । तेस्रो स्थानको लागि भएको प्रतियोगितामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई  ८२–७४ स्कोर अन्तरले पाखा लगाउँदै कास्य पदक हात पारेको हो ।

विजेतालाई बास्केटबल संघका अध्यक्ष एवम् राखेप उपाध्यक्ष लामा डेन्टी शेर्पा, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला खेलकुद परिषद् सुनसरीका अध्यक्ष धनप्रसाद राईलगायतले पुरस्कार वितरण गरेका थिए । खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ  ।

भलिबलको उपाधी आर्मीलाई

इटहरीमा भएको पुरुष भलिबलको उपाधी पनि त्रिभुवन आर्मी क्लबले जितेको छ । दिउँसो भएको फाइनलमा सशस्त्र प्रहरीलाई सोझो सेटमा हराएर आर्मीले उपाधी जितेको हो ।

यस्तै कास्य नेपाल पुलिसले जितेको छ । कास्य पदका लागि पश्चिमाञ्चलले नखेल्ने जनाएपछि वाक ओभरमा पुलिसलाई कास्य दिइएको हो ।

तपाईको प्रतिक्रिया