Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

बाँके – बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगन्ज विमानस्थलबाट आज हुने बिहानी सेवाका सबै उडान अवरुद्ध भएका छन् ।

नेपालगन्ज बिमानस्थलबाट मध्य तथा सुदूरका हिमाली तथा पहाडी जिल्लाका उडान र नेपालगन्जबाट काठमाडौँको उडान पनि अबरुद्ध भएको नेपाल नागरिक उड्ययन कार्यालय नेपालगन्जले जनाएको छ ।

आज बिहान एक्कासी लागेको बाक्लो हुस्सुका कारण हवाई उडान अबरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आसमा विमानस्थलमै बसीरहेका छन् । हवाई उडान अबरुद्ध हुँदा उपचारका लागि काठमाडौँ जाने यात्रु अझ बढी समस्यामा परेका हुन् ।

तपाईको प्रतिक्रिया