Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

कानपुर – भारत उत्तर प्रदेशको कानपुरमा रेल दुर्घटना भएको छ । कानपुरको रुरा स्टेशन नजिक अजमेर–सियालदह एक्सप्रेस रेल दुर्घटना भएको हो । रेलको १५ वटा डिब्बा लिकबाट उछुट्टिएको हो ।

कानपुरबाट ५० किलोमिटर पर बुधबार बिहान ५ बजेर ३५ मिनेटमा रेल दुर्घटना भएको रेल मन्त्रालयलले जनाएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा उद्धारको काम भइरहेको छ । घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ ।

यसअघि गएको नोभेम्बर २० मा कानुपरबाट ६० किलोमिटर पर भएको रेल दुर्घटनामा एक सय ४२ जनाको ज्यान गएको थियो । पटना–इन्दौर चल्ने रेकाले १४ वटा डिब्बा लिबबाट उछुट्टिएर भएको दुर्घटनामा एक सय ८० भन्दा धेरै घाइते भएका थिए ।

 

तपाईको प्रतिक्रिया