Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौ – नेकपा एमालेले संविधान संशोधन प्रस्तावको यही पुस २२ गते काठमाडौंमा विपक्षी दलको आयोजनामा हुने विरोध प्रदर्शनमा उपत्यकामा रहेका आफ्ना सबै सङ्गठित सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । 

सरकारद्वारा अघि सारिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव संविधान, जनभावना र राष्ट्रिय एकता, सामाजिक सद्भाव विरोधी समेत रहेको निष्कर्षसहित उक्त प्रस्तावको विपक्षमा रहेका नेकपा एमाले सहितका नौ राजनीतिक दलले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।

विरोध प्रदर्शनलाई संयोजन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको आजको बैठकले आफ्ना उपत्यकामा रहेका सबै सदस्य सडकमा उतार्ने योजना बनाएको हो ।

तपाईको प्रतिक्रिया