Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले राजनीतिक सहमति जुटाएर स्थानीय तहको निर्वाचन घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको माओवादी केन्द्रको हेर्डक्वाटरको बैठकले प्रतिपक्षी नेकपा एमाले र मधेसी मोर्चासँग छलफल गरी स्थानीय तहको निर्वाचन घोषणा गर्ने निर्णय गरेको हो । बैठकले संविधान संशोधन प्रक्रिया अघि बढाउन एमाले लगायतका प्रतिपक्षी दलहरुसँगको छलफललाई तीव्रता दिने निर्णय पनि गरेको बुझिएको छ ।

बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्न ढिलाई भएको भन्दै प्रस्ताव पारित गरेर निर्वाचनमा जुट्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनभयो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका विषयमा अहिलेसम्म अन्य दलसँग भएको छलफलका बारेमा जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया