Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – भारतको सिलिगुढीमा जारी चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । पहिलो खेलमा भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको नेपालले माल्दिभ्सविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यका साथ मैदानमा उत्रदै छ । 

माल्दिभ्सले भने पहिलो खेलमा श्रीलंकालाई ५–२ ले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाली टोलीले यसपछि समुहको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । सात राष्ट्र सहभागी प्रतियोगिताको अर्को समुहमा भारत, अफगानिस्तान र बंगलादेश रहेका छन् ।

सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

तपाईको प्रतिक्रिया