Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

इटहरी – सातौँ राट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको डिभिएम खेल मैदानमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता विवादकाबीच आज सम्पन्न भयो ।

पूर्वाञ्चल र सशस्त्र प्रहरी एपिएफबीच आज भएको अन्तिम खेलमा एपिएफका तर्फबाट आठ बल खेल्न बाँकी छँदा दुबै पक्षबीच विवाद उत्पन्न भएको थियो । एपिएफले गरेको प्रहार पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रोके वा नरोकेको भन्ने बिषयमा सुरु भएको विवाद उग्र रुप लियो । एपिएफले आप्mनो प्रहारबाट चौका प्राप्त गरेको जिकिर गरिरहँदा निर्णायकले चौका नआएको बताउँदै खेल नियमितरुपमा सुरु गर्न पटक पटक आग्रह गर्दा पनि खेल सुरु हुन सकिएन् ।

विवादपछि एपिएफका अफिसियल र खेलाडीले आपूmलाई चौका नदिए नखेल्ने निर्णय गरें । पटक पटक खेल सुरु गर्न आग्रह गर्दा पनि एपिएफले खेल्न नमानेपछि निर्णायकले स्वत पूर्वाञ्चल विजयी भएको घोषणा गरें । एपिएफको टोलीमा अन्तर्राष्ट्रिय खेलको अनुुभव सङ्गालेका खेलाडीको दबदबा थियो भने पूर्वाञ्चलमा समेत राष्ट्रियस्तरका निकै राम्रा खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिस्प्रधात्मक खेलमा विवाद निस्किएपछि डिभिएम स्कुलको खेल मैदान केही समय तनावग्रस्त देखिन्थें । पटक पटकको आग्रहलाई अस्वीकार गरेपछि निर्णायक अघित प्रधानले एपिएफका खेलाडी मैदानमा नआएकै कारण पूर्वाञ्चल टोलीलाई विजयी घोषित गर्न बाध्य भएको निर्णय सुनाउन मैदानमा आएका थिए । घोषणापछि एपिएफले रजत पदकसमेत त्यागेको घोषणा गर्दै खेल मैदानबाट बाहिरिएको थिए । सो अवसरमा एपीएफकी टिम क्याप्टेन बिनु बुढामगरले आफूलाई अन्याय गरेको गुनासो सुनाइन् ।

त्यस्तै पूर्वाञ्चलकी टिम क्याप्टेन कविता गौतमले खेलमा एपिएफले सहभागिता जनाएको भए जित्ने सम्भावना रहेको बताइन् । तर अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी टिमले खेल नै बहिस्कार गरेर हिँड्नु ठीक नभएको उहाँले प्रतिक्रिया दिनुभयो ।

उसुमा सशस्त्रलाई स्वर्ण

धरान १३ को अमरहाटस्थित कवर्ड हलमा भइरहेको उसु खेल प्रतियोगिताअन्तर्गत महिला छाङछ्वानको प्रतिस्पर्धामा सशस्त्र प्रहरीकी सुस्मिता तामाङले प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेकी छिन् । सो प्रतिस्पर्धामा मध्यमाञ्चलकी जुनि स्याङ्बो लामाले रजत र सुदूरपश्चिमाञ्चलकी अलिशा खातीले कास्य पदक प्राप्त गरेकी छिन् ।

यसैगरी पुरुषतर्फको छाङछ्वानतर्फको प्रतिस्पर्धामा नेपाली सेनाका विजय थापा सिँजालीले स्वर्ण पदक प्राप्त गरे भने मध्यमाञ्चलका कुमार सिँजाली मगरले रजत तथा सशस्त्र प्रहरीको एपिएफका कृजो आलेमगरले कास्य पदक प्राप्त गरेका छन् । त्यसैगरी पुरुष थायची छ्वान अलराउन्डमा नेपाली सेनाका हरिप्रसाद गोले स्वर्ण, पूर्वाञ्चलका पासङ शेर्पा रजत र सशस्त्र प्रहरीका बिवेक श्रेष्ठ कास्य पदक प्राप्त गरेका छन् । त्यस्तै महिला थायची छ्वान अलराउन्डको खेलमा नेपाली सेनाकी सविता राई स्वर्ण, नेपाली सेनाकै करुणा महर्जन रजत र सुदूरपश्चिमाञ्चलकी सम्झा चौधरी कास्य पदक हात पारेकी छिन् ।

उसु खेलकै पुरुषतर्फको तावसु कुन्सु अलराउन्डतर्फ भएको प्रतिस्पर्धामा मध्यमाञ्चलका राजु लामा स्वर्ण, नेपाल प्रहरीका राजिव तामाङ रजत र नेपाली सेनाका विश्व बुढामगर कास्य पदक प्राप्त गरेका छन् । यस खेलअन्तर्गत ४८ केजीदेखि ८५ केजी तौल समूहका १५ वटा खेलका अन्तिम चरणका खेलहरु हुन बाँकी रहेको मुख्य रेफ्री रमेशकुमार तुलाधारले बताउनुभयो ।

यस्तै महिलातर्फको चिएनचु छिएनचु तर्फको प्रतिस्पर्धामा नेपाली सेनाकी ओसिन राई स्वर्ण, एपिएफकी कविता थापामगर रजत र नेपाली सेनाकै मीना गेलान कास्य पदक हात पारेकी छिन् । पुरुषहरुको नानछ्वान अलराउन्डरमा मध्यपश्चिमाञ्चलका दीपक हमाल स्वर्ण, एपिएफका युवराज थापामगर रजत र एपिएफकै सोनी श्रेष्ठ कास्य पदक प्राप्त गरेका छन् । महिलातर्फको सो खेलमा नेपाली सेनाकी मीना घलेमगर स्वर्ण, मध्यमाञ्चलकी रसु तामाङ रजत र पूर्वाञ्चलकी अनु राई कास्य पदक प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया