Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – राजधानीको व्यस्त इन्द्रचोक बजार क्षेत्रमा आगलागी भएको छ। मखनगल्लीस्थित कपडा पसल रहेको घरको चौथो तलाबाट आगो सुरु भएको थियो ।
स्थानीयका अनुसार करीब दुई बजे सुरु भएको आगो निभाउन दमकल तथा प्रहरी र नेपाली सेनाको टोली परिचालन भएका छन्। सेनाले नजिकैको अर्को घरमाथि चढेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर, आगो नियन्त्रणमा आउन भने सकेको छैन।
घरहरु एक आपसमा जोडिएकाले आगो अन्य घरमा फैलिन सक्ने खतरा छ। आगलागी भएको क्षेत्रमा अधिकांश पसल कपडाका छन्। आगोलागी भएको थाहा पाएपछि बजार क्षेत्रमा रहेका वासिन्दाहरुको भागदौड मच्चिएको थियो ।

तपाईको प्रतिक्रिया