Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – ‘गौ’ हत्याको विरोध गर्दै हिन्दू जागरण युवा संघ नेपाल लगायतका हिन्दूवादी संघ संस्थाले मंगलबार मध्यपश्चिमका जिल्लामा बन्द आह्वान गरेका छन ।

बन्दको प्रभाव बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा पनि परेको छ । बन्दका कारण जिल्लाका शिक्षण संस्था, कलकारखाना, उद्योग, व्यापार ठप्प छन । पूर्व–पश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालन हुन सकेका छैनन् । यसैबीच, दाङमा जबरजस्ती बजार बन्द गराउँदै हिँड्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार भीमदत्त सडकखण्डअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुतेमा १४ वटा गाई र ११ वटा गोरुलाई विष खुवाएर मारिएको भन्दै हिन्दूवादी संघसंस्थाले विरोध गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया