Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

धादिङ – धादिङमा आयोजित एक कार्यक्रम सञ्चालन भैरहेको बेला एक्कासी मञ्च भत्किएपछि भागदौड मच्चिएको छ । 

धादिङको मिलनटोलमा निर्माण हुन लागेको विपी स्मृती भवनको शिलान्यास गर्न धादिङ पुगेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वअथमन्त्री रामशरण महत, मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे लगायतका ४८ जना नेता कार्यकर्ता बसेको मञ्च अचानक भत्किएपछि केहि क्षण भागदौड मच्चिएको हो । अतिथिहरुको आसन ग्रहण नसकिदै मञ्च दुई सेकेण्डमै गर्ल्याङ गुर्लुङ भाँचिएको त् । 

मञ्च भत्किएपछि मञ्चमा रहेका अतिथिहरु एत्रतत्र छरिए भने नेताहरुमा खैलाबैला नै मच्चियो । मञ्च भत्किएपछि नेपाली काँग्रेसकी नेतृ भगवती पौडेलको खुट्टा समेत भाँचिएको छ भने अन्य नेताहरु सामान्य रहेका छन् । उक्त कार्यक्रम २ करोड ८६ लाख रुपैयाँमा बन्न लागेको भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्नका लागि राखिएको थियो । ***

तपाईको प्रतिक्रिया