Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – राप्रपा नेपाल र राप्रपा बिच पार्टी एकिकरण भए संगै राप्रपाको प्रवासी संगठन ओनो जापानको एकता भेला सम्पन्न भएको छ ।

ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायको अध्यक्षतामा सम्पन्न भेलामा उपाध्यक्ष सन्तोष सिलवाल, महासचिव खगेन्द्र चापागाई लगायतले पार्टी एकिकरणको आवश्यकता र उद्देश्यबारे प्रस्ट पार्नुभएको थियो ।

भेलाले आगामी ८ तारिकका दिन पृथ्वी जयन्ती (एकता दिवस) भव्य रुपमा मनाउने समेत निर्णय गरेको छ ।  सोको लागि नेपाली मुरा हलमा १ बजे उपस्थितीको लागी सम्पूर्ण राष्ट्रवादी हरुलाई आव्हन गरेको छ ।

पार्टी एकिकरण संगै जापानमा सह–अध्यक्षमा सुशिल बिर जवरालाई सर्वसम्मत मनोनित गरेको छ । मनोनित भएसंगै सह–अध्यक्ष जवराले पार्टीको उद्देश्य, नीतिलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरि पार्टी नेता कलेन्द्र बिक्रम शाहीले विश्वको हिन्दुहरुको एकमात्र आस्थाको केन्द्र नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिनुभयो । साथै पार्टिकोे आस्था राख्नेहरुलाई प्रशिक्षण समेत दिनुभएको थियो ।

भेलाले कान्तोमा बिक्रम क्षेत्री, तोहोकुमा चेत बहादुर शाही र कान्साईमा सौरभ मल्लको संयोजकत्वमा क्षेत्रिय समितिहरु समेत गठन गरेको छ ।

ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायले देश अहिले इतिहासकै जटिल अवस्थामा पुगेको र राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेकोले देशको विकासको लागि पनि हामी प्रवासीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

जापानमा बसोबास गर्ने हरेक नेपालीको समस्यालाई ओनो जापानले सम्बोधन गर्ने पनि भेलाले निर्णय गरेको छ, यसबाट त्यहा रहेका र समस्यामा परेका धेरै नेपालीले राहतको महसुस गर्ने उपाध्यक्ष सन्तोष सिलवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया