Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं  – नेपाः पार्टीका नेता तथा पूर्वसभासद बुद्ध सायमीको ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

गएको सोमबार अचानक बेहोस भई ढलेपछि उहाँलाई उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँको स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार बेलुकाबाट उहाँलाई सघन उपचार कक्षमा राखी उपचार गरिएकोमा आइतबार निधन भएको हो । उहाँमा कलेजो, मिर्गौला र मधुमेहको समस्या रहेको थियो । उहाँका एक छोरा र एक छोरी छन् ।

नेपाल भाषामा विद्रोही धारका कविसमेत रहनु भएका सायमी विसं २०६४ को संविधानसभामा नेपाः पार्टीबाट सभासद् हुनुहुन्थ्यो । नेवाः देय् गु संस्थाको अध्यक्षसमेत हुनुहुन्थ्यो ।

विसं २०२० मा नेपाल भाषामा कविता लेख्न सुरु गर्नुभएका उहाँका नेपाल भाषाका दुई कविता सङ्ग्रहसहित चार कृति प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया