Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष एवम् सांसद गङ्गा चौधरी (सत्गौँवा) लाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

सो पार्टीका अध्यक्ष भानुराम थारुले आज एक विज्ञप्ति जारी गरी पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरीत काम गरेको भन्दै निष्कासन गरिएको बताउनुभएको छ ।

विज्ञप्तिमा पटकपटक सचेत गराउँदा पनि अनुशासन उलङ्घन गरेको र थरुहट आन्दोलन, सहिदको बलिदानीको अपमान गरेको उल्लेख छ ।

यसैगरी थरुहट आन्दोलनमा उठाएका मागलाई लत्याउँदै पार्टीलाई धोका दिएको, निहीत स्वार्थपूर्तिका लागि काम गरेको, सांसद पद जोगाउन र पहिचान तथा अधिकार विरोधी शक्ति केन्द्रको लोभलालचमा परी नयाँ पार्टी खोल्नेसम्मको हर्कत गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया