Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

कायोरो – इजिप्टका लागि नेपाली राजदूत झविन्द्रप्रसाद अर्यालले राष्ट्रपति अब्देल फत्ताह अल–सिसी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ ।

कायोरोस्थित इतियादीयो प्यालेसमा एक विशेष समारोहबीच उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको हो ।

पाँच वर्षपछि इजिप्टको कायरोस्थित नेपाली दूतावासले राजदूत पाएको हो । तत्कालिन राजदूत श्यामलाल तबेदारको हृदयघातको कारण निधन भएपछि राजदूतको नियुक्त हुन सकेको थिएन ।

ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत अर्यालले राष्ट्रपति विद्या भण्डारीको शुभकामना सन्देश पनि सुनाउनु भएको छ । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीले राजदूत अर्याललार्इ सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया