Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौ – नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला समितिको सभापतिमा गोला प्रथाबाट दिपीनकुमार श्रेष्ठ चयन हुनुभएको छ ।
विसं २०७२ माघ २५ गते भएको सङ्खुवासभा काँग्रेस जिल्ला कार्यसमितिको निर्वाचनमा दिपीनकुमार श्रेष्ठ र पासाङ शेर्पाले बराबर मत प्राप्त गरेपछि हालसम्म सभापतिको छिनोफानो हुन सकेको थिएन । केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन निर्देशिका २०७२ को २ (झ) बमोजिम दुवै प्रत्यासीमध्येबाट गोलाप्रथाद्वारा निर्वाचन परिणाम घोषणा गरेको समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
समितिले यसअघि गत मङ्सिर २२ गते बराबरी मत प्राप्त गर्ने दुवै प्रत्यासीमध्येबाट गोलाप्रथाद्वारा टुङ्गो लगाउन दुवैलाई पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको रोहवरमा प्रत्यासी शेर्पाका प्रतिनिधि श्यामसुन्दर शेर्पा र श्रेष्ठको प्रतिनिधिसमेत नभएकाले समिति सचिव जगन्नाथ श्रेष्ठले गोला तान्नुभएको थियो ।

तपाईको प्रतिक्रिया