Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – रिपोर्टर्स क्लव नेपालका अध्यक्षसमेत रहेका पत्रकार ऋषि धमलाले अब आफ्नो पत्रकारिता आर्थिक बहसमा केन्द्रित हुने उदघोष गरेका छन् ।

हिमालयन टेलिभिजन, न्यूज ट्वान्टी फोर लगायत चारवटा टेलिभिजनमा कार्यक्रम चलाउँदै आएका पत्रकार धमलाले अब आफ्नो ध्यान मुलुकको समृद्धिका लागि आर्थिक बहसमा केन्द्रित गर्ने बताएका हुन् ।

टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै धमलाले नेपालमा पटक पटकका भएका ऐतिहासिक आन्दोलनमा नेपालको पत्रकारिता जगतको महत्वपूर्ण एवं अग्रणी भूमिका रहेको बताए । यद्यपि आन्दोलनहरुबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नमा भने राजनैतिक दल र तिनका नेताहरु एवं सञ्चार जगत चुकेको बताए । लोकतन्त्रको विकल्प नभए पनि नेताहरु असक्षम भएमा तिनलाई सुधार्ने वा विकल्पमा जाने वातावरण बनाउने काम पनि पत्रकारिता क्षेत्रको भएको उनले जिकिर गरे । निजी भ्रमणका क्रममा जापान आएका पत्रकार धमलासंग आइतवार टोकियोमा भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै उनले लामो पत्रकारिताको यात्रामा बिचार र बादको साँगुरो घेरामा रहेर आफुले कहिलै सम्झौता नगरेको बताए ।

पत्रकार धमलाले प्रवासका नेपालीहरुका हालखबर नेपालका दुरदराजका गाउँबस्तीसम्म पुर्‍याउने उद्देश्यले नेपालीहरु भएका सबै देशहरुमा रिपोर्टस् क्लवको क्रमशः शाखा गठन गरिने घोषणा गरे । जसअनुसार त्यसको शुरुवात जापानबाटै हुने गरी रिपोर्टस् क्लव जापान शाखाको अध्यक्षमा पत्रकार सन्तोष चोखाललाई जिम्मेवारी तोकिएको घोषणा पनि उनले गरे ।

पत्रकार धमलाले एनआरएनहरुप्रति लक्षित गर्दै मुलुक निर्माण गर्ने महाअभियानमा हातेमालो गरी अगाडि बढ्न हिम्मत कस्न पनि अपिल गरे ।

पत्रकार धमलासंग सहभागीहरुले समसामयिक राजनैतिक बिषयवस्तु र नेपाली पत्रकारिताका बिषयमा केन्द्रित रही अन्तर्क्रिया पनि गरेका थिए ।
टक शो युनिट जापानको आयोजनामा भएको सो कार्यक्रममा पत्रकार धमलालाई सम्मान पनि गरिएको थियो । सो अवसरमा हालै भएको जापानको राष्ट्रब्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम भै नेपालको नाम उचो बनाउने शरदकुमार राईलाई पनि सम्मान गरिएको थियो ।

आयोजकका तर्फबाट दुर्गाबहादुर खत्रीको स्वागत मन्तब्य रहेको सो कार्यक्रम सन्तोषबाबु चोखालले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्तमा, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्लले डायस्पोरिक नेपाली पत्रकारिता जगतका संभावना र चुनौतीहरुका बारेमा प्रकाश पार्दै पत्रकारिता क्षेत्रले घरबास र प्रवासलाई जोड्ने काम गर्दै आएको बिचार ब्यक्त गरे । ***

तपाईको प्रतिक्रिया