Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – ९१ यात्रु सवार रुसी सेनाको विमानको भग्नावशेष ’ब्ल्याक सी’ मा भेटिएको रुसी सञ्चारमाध्यमलाई उदृत गर्दै बिबिसीले जनाएको छ । सोचीस्थित विमानस्थलबाट उडेको केही समयपछि नै उक्त विमानको राडरसँग भएको थियो ।

रुसको रक्षा मन्त्रालयले हराइरहेको टियू–१५४ विमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह, केही पत्रकार लगायत अन्य भएको जनाएको छ । सञ्चारमाध्यमका अनुसार उक्त विमान सिरियाका लाटाकिया प्रान्तका लागि उडेको थियो । खोजीका क्रममा विमानका भग्नावशेषहरु सोचीस्थित रिसोर्ट नजिकैको ब्ल्याक सीमा भेटिएको बताइएको छ ।

सेनाका प्रवक्ताले सिरियामा खटिएका रुसी सेनाको फौजले आयोजना गरेको नयाँ वर्षको कार्यक्रमका लागि सांगितिक समूह विमानबाट सिरियाको लाटाकिया प्रान्त जाँदै थियो ।

तपाईको प्रतिक्रिया