Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – स्थानीय निकायको चुनावको मिति तत्काल घोषणा गर्न नेपाली काँग्रेसले सरकारसँग आग्रह गर्ने भएको छ । आज बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको काँग्रेस पदाधिकारीको बैठकले पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्न उपयुक्त हुने भन्दै चुनावको मिति तत्काल घोषणा गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

संविधान कार्यान्वयका लागि चुनाव अपरिहार्य रहेकाले चाँडो मिति घोषणा गरेर चुनावको वातावरण बनाउनु पर्नेमा काँग्रेसको जोड थियो । बैठकमा सभापति देउवाले संविधान संशोधन नगरी मधेसी मोर्चा चुनावमा आउने सम्भावना नरहेकाले एमालेले हठ नछाड्दा समस्या उत्पन्न भएको बताउनुभएको थियो ।

बैठकमा महामन्त्री शशांक कोइरालाले ठूलो दलको नाताले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि सभापति शेरबहादुर देउवाले सक्रियता बढाउनु पर्नेमा जोड दिनुभयो । पदाधिकारीको बैठक सोमबार पनि बस्नेछ ।

तपाईको प्रतिक्रिया