Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – ९१ यात्रु बोकेको रसियन विमान बेपत्ता भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ८३ यात्रु र ८ जना चालक दलका सदस्यसहितको विमान सम्पर्क विहिन भएको रसियन रक्षा मन्त्रालयले जनाएको छ । रसियाको दक्षिणी सहर आद्लेरबाट उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटर ) बाट सम्पर्क बिहीन भएको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको स्थानीय समाचार निकायले जानकारी दिएको छ ।

टियु –१५४ विमानको खोजी र उद्धार समूह परिचालन गरिएको छ । विमान रुसी जलक्षेत्रमाथिबाट सम्पर्क्विहीन भएको बताइएको छ ।

अहिलेसम्म रुसी अधिकारीहरुले विमान सम्पर्कविहीन भएको बारे कुनै प्रतिक्रिया दिएका छैनन्।

तपाईको प्रतिक्रिया