Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – अंग्रेजी नयाँ वर्षको अवसरमा जापानको योकोहामा ‘न्यू ईयर म्यूजिकल नाईट २०१७’ हुने भएको छ ।

सनराईज कर्पोरेशन र स्पाईस गार्डेनको संयुक्त प्रस्तुती रहने म्यूजिकल नाईटमा नेपालका ख्याति प्राप्त गायक तथा संगीतकार साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । उक्त क्रममा योकोहामा नेपाली गुप्रको औपचारिक घोषणा कार्यक्रम समेत रहेको अभियन्ता तथा कार्यक्रम संयोजक हरी सापकोटाले समुद्रपारिलाइ जानकारी दिनुभयो । 

जनवरी ६ का दिन योकोहाको चिकु सेन्टर हलमा आयोजना हुने उक्त कार्यक्रममा पप गायक सुगम पोखरेल, नविन भट्टराई, गायक तथा संगीतकार तारा प्रकाश लिम्वु र नायिका नम्रता सापकोटा जापान आउने पक्का भएको छ । साथै जापानमै रहेका लोक गायक सूर्य खड्काको पनि प्रस्तुती रहनेछ ।

तपाईको प्रतिक्रिया