Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

सिन्धुली – ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाएर अब नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा आफू लागि परेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल सिन्धुलीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले अब लोडसेडिङको तालिका नबनाउने र ‘बत्ती कतिबेला आउछ’ भनेर तालिका हेर्ने दिनको अन्त्य हुन लागेको छ भन्नुभयो ।

मन्त्री शर्माले नेपालको पानीमा जनताको लगानी भए नेपाल चाँडै समृद्ध हुने बताउँदै नेपालको व्यापार घाटा, बेरोजगारी र गरिबी लगायतका समस्या नेपालको पानीको सदुपयोग गरे मात्रै समाधान हुने धारणा व्यक्त गर्नुभयो ।

नेपालका धेरै जलाशय त्यतिकै बगेर गइरहेको भन्दै उहाँले लगानीको सुरक्षा गर्ने हो भने खेर गएको पानीको सदुपयोग भई नेपाल समृद्ध राष्ट्र बन्ने भएकाले यस कार्यमा लाग्न सम्बन्धित सबै पक्षसंग आग्रह गर्नुभयो ।

मन्त्री शर्माले जनताले परिर्वतनको महसुस गर्ने गरी सरकारले काम गरिरहेको चर्चा गर्दै उज्यालो नेपाल बनाउनका लागि पूर्वधार निमार्ण र ऊर्जा क्षेत्रका सङ्कट समाधानतर्फ आफू लागेकाले यसमा जनताको सहयोग पाउने बताउनुभयो ।

सरकारले सबैको सहमतिमा संविधान संशोधनको प्रस्ताव पेस गरेको भए पनि प्रतिपक्षले सहयोग नगर्दा संविधान कार्यान्यवनमा समस्या आएको बताउँदै उहाँले देशको विकासका लागि प्रमुख तीन दल मिल्नुको विकल्प छैन भन्नुभयो ।

मन्त्री शर्माले राजनीतिक स्थिरता बिना मुलुकको विकास र परिवर्तन सम्भव नहुने भएकाले यस विषयमा दलहरु गम्भीर बन्नुपर्ने बताउँदै मुलुकमा बसोवास गर्ने सबै समुदाय र क्षेत्रको एकताले मात्र स्थिरता आउने धारणा व्यक्त गर्नुभयो ।

खिम्ती ढल्केवर २२० केभि प्रशारण लाइनको निरीक्षण तथा ‘कोखाजोर हाइड्रो पावर’को सम्भाव्यता अध्ययनका लागि आफूले स्थलगत अवलोकन गर्ने पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया