Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको एकसय ८९ औँ हप्ताको कार्यक्रम आज गुह्येश्वरीमाथिको बागमती सफाइको एक सय ५० औँ हप्ताको सफाइमै केन्द्रित भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथि सफाइ अभियान सुरु गरिएको एक सय ५० औँ हप्तामा आज गोठाटार र जोरपाटी जोड्ने पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौँ महानगरपालिका, राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिलगायत संस्थाको सक्रियता थियोे ।

सफाइमा कुल ५५० व्यक्तिको सहभागिता रहेको र तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती समितिका वरिष्ठ डिभिजनल इन्जिनियर प्रभात श्रेष्ठले बताउनुभयो । आजको सफाइमा यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सांसद अम्बिका बस्नेत, रामेश्वर फुयाँल र दीपकप्रसाद कुँइकेल पनि सहभागी हुनुहुन्थ्यो ।

सफाइमा पूर्व सचिव किशोर थापा, महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलगायतको सहभागिता रहेको समाजका अध्यक्ष एवम् अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्य उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

यसैगरी तिलगङ्गामा तिलगङ्गा महिला समूहले पनि बागमती सफाइ गरेका छन् । यी क्षेत्रमा सरसफाइसँगै जनचेतनामूलक कार्यक्रमसमेत गरिएको उहाँले बताउनुभयो । यस क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको थियो ।

अर्को हप्तादेखि बागमती सफाइ महाअभियान शङ्खमूल– गुह्येश्वरीखण्डमा केन्द्रित हुने भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन ११ हप्ता शङ्खमूल–गुह्येश्वरी खण्डमा सफाइ केन्द्रित गरिने सफाइ महाअभियानका अभियानकर्मी एवम् अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

रुद्रमती सफाइको १४८ औँ हप्तामा आज कालोपुलदेखि भत्केकोपुल हुँदै ज्ञानेश्वरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले जानकारी दिुनभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो ।

विष्णुमती सफाइको १२२ औँ हप्तामा आज पनि तारकेश्वर नगरपालिका १६ स्थित तारकेश्वर मन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विष्णुमती नदीलाई छुने महानगरपालिकाका वडाका कर्मचारी, नेप्से म्याक प्रालि, गायत्री परिवार एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो ।

आजदेखि विष्णुमतीको मुहानस्थल बूढानीलकण्ठमा पनि सफाइ अभियान सुरु गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो । विष्णुमतीको मुहानक्षेत्र सफाइ गरी आज एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया