Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

सिरिया – इस्लिमिक स्टेट आइएसको बलियो प्रभाव रहेको क्षेत्र उत्तरी सिरियामा २४ घण्टायता टर्कीआवद्ध हवाई आक्रमणमा कम्तीमा ८८ जना सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।

उत्तरी सिरियाको अल बाबमा बिहीबार भएको गोलाबारीसहितको आक्रमणमा परि २१ जना बालबालिक ७२ सर्वाधारणको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

शुक्रबारसम्म जारी रहेको बमबारीमा परि तीन बालबालिकासहित थप १६ जनाको ज्यान गएको बताइएको छ । चौविस घण्टाकोबिचमा ८८ जना सर्वसाधारण मारिएको अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

उहाँले यो रक्तपातपूर्ण आक्रमण भएको पनि बताउनुभयो । आक्रमणको अनुगमन टोलीले रेकर्ड राखेको पनि उहाँले जानकारी दिनुभयो । टर्कीको सुरक्षा फौजले सिरियाको भूमिमा लगातार हवाई आक्रमण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया