Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

भक्तपुर  – सभामुख ओनसरी घर्तीमगरले पुस ११ गतेसम्ममा दलहरुबिच सहमति भएर राजनीतिक निकास निस्कने बताउनुभएको छ । शुक्रबार भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको अवलोकन गरेपछि उहाँले दलहरुबिच सहमतिको बिकल्प नभएको बताउनुभयो ।

उहाँले दलहरु सहमति नजिक आइसकेको दाबी गर्दै पुस ११ गते हुने दलहरुको संयुक्त बैठकमा सहमतिबाटै निकास निस्कने उहाँको भनाई थियो । सभामुख घर्तीमगरले भन्नुभयो ‘आज पनि मैले प्रधानमन्त्रीलाई भेटेको थिएँ, उहाँले दलहरुबिच सहमति गराउने वचन दिनुभएको छ, पुस ११ गते सोमबार मैले फेरि दलहरुको संयुक्त बैठक आह्वान गरेको छुँ, त्यो बैठकले पक्कै पनि राष्ट्रलाई निकास दिन्छ ।’

अहिले संविधान कार्यान्वयनको संक्रमणकालिन चरण भएकाले दलहरु संविधान कार्यान्वयनका लागि एकजुट, एकमत भएर अगाडि बढ्न आफूले आग्रह गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया