Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

रामेछाप  – रामेछापको रामपुर गाविसबाट शुक्रबार बिहान जिल्ला सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा २ ख ४९८३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको भित्तामा पल्टीँदा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बसमा सवार रामपुरका भोगबहादुर तामाङ, मिश्री तामाङ, गीता नेपाली, दिपाकुमारी घिसिङ, निर्मला तामाङ र सिन्धुलीको रतनचुराका दुर्गा श्रेष्ठ छन् । सबै घाइतेहरुको मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते सबै सामान्य रहेको डाक्टरले बताएका छन् ।

तपाईको प्रतिक्रिया